The Real Homage That Bhagat Singh and Ganesh Vidyarthi Deserve

The communal riots of Kanpur in 1931 can shed some light on the kind of secularism that India needs and the kind that Bhagat Singh would have surely envisaged.

On March 24, 1931, communal riots broke out in Kanpur, when volunteers and sympathisers of Congress were enforcing a hartal call given by their party as a mark of respect in the memory of Bhagat Singh and his comrades. Singh and the others were hanged a day before in the Lahore Central Jail. Violence and counter-violence, by Hindu and Muslim mobs, left about 400 people dead and Kanpur devastated.

In six days till March 30, religious places belonging to both communities were burnt, plundered and about 400 houses damaged. The riots also snuffed out the life of a fearless freedom fighter, Ganesh Shankar Vidyarthi, president of the United Province Congress Committee and a friend of Bhagat Singh’s, while he was trying to douse the flames of riots and save the lives of innocent Hindus and Muslims on March 25.

Vidyarthi was released from prison only a few days before his murder, after the Gandhi-Irwin Pact of March 5, 1931. The pact did not envisage release or leniency for revolutionaries like Bhagat Singh. In his autobiography, Nehru claims that Gandhi had pleaded separately with Lord Irwin for the release of Bhagat Singh because of the presence of very strong sentiments across the country regarding his release, but without any success. 

While talks between Gandhi and Irwin were still in progress, Chandra Shekhar Azad, the head of the armed wing of Hindustan Socialist Republican Association of Bhagat Singh, had questioned Nehru as to what was in store for the activists of his organisation in the negotiations. But before the pact was signed, he was killed in Alfred Park, Allahabad, on February 27, 1931.

Ganesh Shankar Vidyarthi. Credit: Wikimedia Commons

Unsurprisingly, the British administration’s response to the riots in Kanpur was outright callous, with the police and magistracy giving the rioters a free rein. It only cemented the colonial narrative that communal problems were endemic to India and that the British were needed to maintain peace.

The serious question that the Kanpur riots raised was as to why both communities were at each other’s throats to pay homage to a revolutionary who was an avowed atheist and as a natural corollary, secular. While being taken to the gallows, Charat Singh, the head jail warden, had whispered in Bhagat Singh’s ears, asking him to pray to Waheguru. Declining the request, Bhagat Singh smiled and told him, “All my life I have never prayed. If I were to ask for his forgiveness, he will say that look, here is a coward who seeks forgiveness because his end is near.”

Explaining the reasons for the communal tension, Chitra Joshi, in her paper ‘Bonds of community, ties of religion: Kanpur textile workers in the early twentieth century’, claims that in the late 1920s, the revivalist activities of both Hindu and Muslim communal organisations began to grow in Kanpur.

The Arya Samaj in Kanpur carried on “shuddhi” with greater zeal, while those who found it lacking in sufficient fervour started the Katha Mandal, which tried to organise Hindus for self-defence and carried on conversion activities. Muslims, on the other hand, formed an organisation called the Tabligh-ul-Islam. Instead of being places for simple religious gatherings, these became forums where communal leaders derided other religions.

The involvement of several leading local congressmen in the activities of the Arya Samaj and the Hindu Sabha created a pro-Hindu perception of the Congress among Muslims. A note of dissent appended to the Congress Committee report on the riots by Zafarul Mulk, reveals that the general belief was that the Congress members, who were truly secular, constituted a microscopic minority.

This was reflected in the functioning of the local municipality elected on the basis of separate electorates – a result of divide and rule policy of British. The one exception everyone, across the communities, accepted was Ganesh Shankar Vidyarthi.

Analysing the reasons for the communal riots in Kanpur clearly reveals that the mere overt association of public figures with religious activities undermines their secular credentials amongst people from other communities.

Analysing the reasons for the communal riots in Kanpur clearly reveals that the mere overt association of public figures with religious activities undermines their secular credentials amongst people from other communities. Not a single person questioned Vidyarthi’s secular credentials because of his past conduct in Kanpur, his philosophy and his association with Bhagat Singh.

It is therefore worth questioning why, even after more than 70 years of independence and the end of the British policy of divide and rule, is India so polarized? No one seems to be happy. Majority and minority communities both feel dissatisfied.

The brand of secularism practiced by public figures, in and outside the government, has not instilled confidence in the concept among the masses. That can only mean change is required. In a country where 97% of the people are religious and some of them make a public display of the same, a far more robust variety of secularism is required – in theory and in practice.

A united India and secularism based on pushing religion entirely into the private space, more so for public figures, would be the real tribute to the memory of Bhagat Singh and Vidyarthi on their death anniversaries.

Avinash Mohananey is the former Director General of Police, Sikkim


Share it on -

खस जनजाति सङ्घ खोरीबारी ब्लकको सभा सम्पन्न : जातिको मौलिकता, संस्कार संस्कृति विषयमाथि चर्चा



संवाददाता, सजन शर्मा

सुकेपोखरी, 13 अगस्त : खस जनजाति सङ्घ खोरीबारी ब्लकको सभा दुलालजोतमा सम्पन्न भयो। दुकमन छेत्रीको अध्यक्षतामा सम्पन्न सभालाई ब्लक सचिव चेतराज छेत्रीले सञ्चालन गरेका थिए। सभामा खस जातिको मौलिकता, संस्कार संस्कृति विषय र खस जातिले सरकारबाट हालै प्राप्त गरेको पछौटे वर्गको मर्यादा आदि बिषयमा चर्चा गर्दै वर्तमानमा सङ्घले जनजाति प्राप्त गर्ने दिशामा कार्य गरिरहेको उल्लेख गर्दै समस्त खस जनजातिहरूले खस जनजाति सङ्घलाई साथ दिने आव्हान गरियो।

सभामा केन्द्रिय अध्यक्ष कमल छेत्री, उपाध्यक्ष एलबी खड़का, दीपक छेत्री, सागर राज छेत्री, केशर छेत्री, टिबी छेत्री लगायत खोरीबारी लगायत तराई क्षेत्रका बिभिन्न शाखाबाट आएका सदस्यहरूको ब्यापक उपस्थिति थियो। यता सुके प्रखण्डको प्लुङदुङ व्लकमा नयाँ समिति गठन गरिएको छ ।

पदाधिकारी तथा सदस्यगणको बाक्लो उपस्थिति रहेको सभाबाट अध्यक्ष सुवास विष्ट, सचिन नन्दराम छेत्री तथा अन्यलाई चयन गरिएको अजय मिलन बस्नेतले जानकारी दिएका छन् ।

Share it on -

उ मानचित्र बोकेर कुदीरहेछ


– सुमन सरोवर


बस्तीको कुना-कुना,चेप-चेप कन्दरादेखि
शहरको भीडभाड र कोलाहलसम्म
आफ्नै संस्कृति, परम्परा,मुलाधार र मान्यताहरू
जिजु बाजेले खाँबो गाडेको
धुरीको डोबहरू नियाल्दै
पुर्खाले भीमशेन पुजेको
देवराली भाकेका ढुंगाहरू हेर्दै
पूर्वजका अमूल्य रगत-पसिनाले भिजेको
त्यै उर्वर भूमी
त्यो पुण्य भूमी
त्यो पुज्य भूमी
उ मानचित्र बोकेर कुदीरहेछ।

हजुरबाको पुण्य स्मृतिमा
बनिएको पुरानो फलैंचामा
थकित शरिरका आँखाहरू लाग्छन्
हातमा सुकुम्बासी, बनबासी, प्रवासी
यस्तै बासी प्रमाणपत्र लिएर
उ गुहार गुहार भन्दै
तेस्रो, चौथो , पाँचौं देशमा
स्थान्तरणको पोको बिसाउन
आश्रय खोज्दै गल्लीहरूमा
भोको र नाङ्गै दौडीरहेको
अर्धाङ्गीनी दुधमुखे बाला च्यापेर
पछी-पछी आइरहेकी…..उफ!!!!!!
बाबा! हामी कहाँ जानु?किन जानु??
टुकुटुकु हिड्ने बच्चाको
हृदयश्पर्शी प्रश्न प्रहार!!!!!
झल्यास्सै बिउँझन्छ!!!!!!!
छी: कस्तो कालो सपना????????
उ मानचित्र बोकेर कुदीरहेछ।।

खै गणतन्त्र? खै स्वतन्त्रता??
खै मेरो जातिको गौरव गाथा?
खै अमर इतिहास र विरता?
मैले बाँच्ने धरती हो कि आकाश
मैले फेर्ने आगो हो कि बतास??
यो कलंकित छानोमुनी
मेरो एकमुट्ठी श्वास अटाएन!!!!!!!
उभित्र एउटा संवेग दौडिरहेछ
अपूर्णता र अभाव खट्की रहेछ
नि:सन्देह उसले धेरै त्यागेको छ
कम्पित ओठहरू फेरि बर्बराउँछन्
अराजकता बन्द गर!!
न्याय चाहियो न्याय देउ!!!
हाम्रो भूभाग फर्काइदेउ!!!!!!!

उ मानचित्र बोकेर कुदीरहेछ।।।


Share it on -

एसएनपीपी-का अन्तरिम अध्यक्ष बने दिले नामग्याल बर्फुङ्गा।



गान्तोक, 12 अगस्त: आइतबार सिक्किम नेशनल पिपुल्स पार्टीका सक्रिय सदस्यहरूले गान्तोक एमजी मार्ग स्थित एउटा होटलमा सभा सम्पन्न गरेको थियो। कुलबहादुर डुङ्गामाको सभापतित्वमा आयोजित कार्यक्रममा श्री आर बी गुरुङ पनि उपस्थित थिए।

आइतबारको उक्त कार्यक्रमको मुख्य उदेश्य पार्टीको नयाँ अध्यक्ष कसलाई बनाउने भन्नेबारे छलफल गर्नु रहेको थियो। यसै महिना पाँच तारिखको दिन पार्टीका अध्यक्ष बिराज अधिकारीले हाम्रो सिक्किम पार्टी (एचएसपी)-मा लागेपछि एसएनपीपी-को अध्यक्षको ठाउँ खाली भएको थियो भने यसै रिक्ततालाई पूर्ति गर्न कसलाई अध्यक्ष बनाउनुपर्ने भन्नेबारे आइतबारको सभा बसेको एसएनपीपी-को सोसियल मिडिया सेलले उल्लेख गरेको छ।

यसरी पार्टी सदस्यहरूको निकै लामो छलफलपछि पार्टीको सक्रिय व्यक्ति श्री दिले नामग्याल बर्फुङ्गालाई अन्तरिम अध्यक्षको रूपमा नियुक्त गर्ने निष्कर्ष निस्किएको थियो।

यसरी दिले नामग्याल बर्फुङ्गालाई 12 अगस्तदेखि सिक्किम नेशनल पिपुल्स पार्टीको अन्तरिम अध्यक्षमा चयन गरिएको छ।

Share it on -

सिक्किमको राजनीति कतै एकलवादतिर त जाँदै छैन ?

 -नरबहादुर घिमिरे 

हिजोको जनभेला, जन आवाज प्रजातान्त्रमा देखिनुपर्ने एउटा उदाहरण हो। संसदीय व्यवस्थामा विपक्षीको ठूलो भूमिका रहन्छ। विपक्षी अथवा प्रतिरोधी दल छैन भने सत्ताले मनपरि गर्न सक्छ। सिक्किमको इतिहासमा यतिको ठूलो विपक्षी बनेर खडा हुनु एसकेएमले एउटा सकारात्मक उदाहरण सेट गरेको हो। हिजोको जनभेलाले यो साबित गरेको छ। जुन चाहिँ कुरा देखेर पनि अनदेखा गर्नु हुदैन।

तर अहिले सिक्किम चलिरहेको राजनीतिक हुरी भनेको एकलवादको हो। एकल नेतृत्वले समाजलाई जहिले पनि खराब बनाउँछ। तर सिक्किमे जनताले अहिलेघडी बुझ्नुपर्ने कुरा यो छ। र यो एकल प्रवृत्ति सबैभन्दा धेर सत्तारूढ एसडीएफ-मा व्याप्त छ। तर कतै नजानिन्दो प्रकारले एसकेएम-मा पनि यो प्रवृत्ति भित्रिदैछ ।

सिक्किम जनताले (चाहे जुनसुकै दल)-को किन नहोस्, नेता पुजा शुरु गरेका छन् । एउटा नेतालाई हिरो बनाउने प्रक्रियाले भविष्यको राजनीतिक माहोल खराब पारिरहेको छ। यहाँ सत्तारूढको लागि चाम्लिङ हिरो छन् र एसकेएम-को लागि गोले हिरो छन् । व्यक्ति पुजाले नै अहिलेसम्म हाम्रो समाजलाई यस्तो स्तरमा गिरायो र अहिले फेरि त्यै प्रक्रिया पस्दैछ।

सैद्धान्तिक लडाइँ यहाँ छैन। नेताहरू जनतालाई सचेत देख्न चाहदैनन्। नेताहरू महान नेता हुन खोज्दै छन् र जनतालाई तुच्छ बनाउँदैछन। जहाँ महान जन्मिने प्रक्रिया चल्छ त्यहाँ तुच्छहरू पनि जन्मिने प्रक्रिया निरन्तर हुन्छ।

हिजोको एकदुई घटना देख्दा लाग्छ सिक्किमे जनताले आफ्नो नेताको लागि ज्यान पनि घुमाउने भइसकेछन् । जनताहरू पपेट बन्दैछन् । दुवै दलका । सचेतता त उनीहरूबाट सत्तारूढ होस वा विपक्षी सबै नेताहरूले खोसेको नै हो।

सिक्किमको भविष्य साच्चै राम्रो बनाउन चाहाने हो भने, जनता सचेत हुनुपर्छ र यो व्यक्ति पुजा र नेता पुजा हटाउनुपर्छ। जनताको मुखमा, भाषणमा, घोषणापत्रमा, गीतमा, पर्चामा हरेक ठाउँमा सिद्धान्त र कामको कुरा छैन खाली नेताको नाम र गुणगान छ। यो हाम्रो निम्ति खतरा हो।

एकलवादले कहिले पनि क्रान्ति ल्याउँदैन। समाजवादको कुरा गर्ने नेता नै यहाँ व्यक्ति पुजा हुँदा खुशी खुशी स्विकारिरहेका छन् । एकल नेता र नेतृत्वले समाजवाद र जनक्रान्ति ल्याउँदैन। यो एकलवादले भविष्यमा ठूलो आपत ल्याउन सक्छ।

Share it on -

युवक सङ्घको ५४ औं स्थपना दिवस पालन


संवाददाता, सजन शर्मा

सुकेपोखरी, ८ अगस्त: सुकेपोखरीको सबैभन्दा जेठो सामाजिक संस्था युवक सङ्घको ५४ औं स्थपना दिवस विविध कार्यक्रमबीच पालन गरियो । सङ्घका अध्यक्ष बिबी मुखियाको अध्यक्षतामा तथा सन्त मिलारेपा एकाडेमीका निर्देशिका एलडव्ल्यु भोटियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको प्रथम चरणमा कार्यक्रम अध्यक्ष तथा प्रमुख अतिथिको बाहुलीबाट सङ्घको झण्डोत्तलन गरियो।

दिवङ्गत सदस्यगणको संस्मरणमा आत्मा शान्तिको कामना गर्दै मौनधारणबाट शुरू भएको कार्यक्रमलाई सचिव रमेश राईले सञ्चालन गरेका थिए । बिएस पाण्डे, महेन्द्र सिञ्चुरी आदिले सम्बोधन गरेको कार्यक्रममा बोल्दै जीत सिञ्चुरीले सङ्घको ऐतिहासिक पक्षमाथी प्रकाश पारे । तिनले ८ अगस्त सन् १९६४ सालमा उदय भएको युवक सङ्घले आफ्नै बलबुतामा युवक सङ्घ प्राथमिक पाठशाला, युवक सङ्घ सार्वजनिक भवन आदिको स्थपना गर्न सफल बनेको बताए । स्थानीय जनता भवन लिलामी कार्यक्रममा सङ्घले आफ्नो अधीनस्थ गर्न सकेको पनि तिनले जानकारी गराए। यस भवनमा सङ्घले साहित्यित, सांस्कृतिक, शैक्षिक लगायत विभिन्न प्रकारको कार्यक्रम आयोजना गर्दै आएको तिनले उल्लेख गरे। प्रमुख अतिथि श्रीमती भोटियाले सङ्घ स्थपनाको १२ औँ वर्षगाँठमा प्रतिष्ठित राजनैतिक सचेतकहरूलाई लिएर एउटा संगोष्ठि राखेको बताइन् । यस बेला नै जातिय सुरक्षाको निम्ति अलग राज्य गठन हुन आवश्यक रहेको सत्यलाई बुझेर प्रान्त परिषद् मागको शङ्खघोष गरिएको थियो, तिनले भनिन् ।

कार्यक्रममा सङ्घको प्रारम्भिक गीत प्रस्तुत गरियो । दोस्रो चरणको कार्यक्रममा युवक सङ्घ प्राथमिक पाठशालाका विद्यार्थीलाई खाता कलम प्रदान गरियो ।यस अघि यस विद्यालय परिसरको माहत्मा गान्धीको सालिगमा खदा अर्पण गरिएको थियो। कार्यक्रमको अन्तमा अध्यक्ष बीबी मुखियाले अध्यक्षीय सम्भाषण राखे ।बुधबारदेखि शुरू भएको कार्यक्रम अन्तर्गत आउँदो बुधवार स्वतन्त्रता दिवस पालन गरिने अनि एक सेप्टेम्बर देशभक्ति गायन, नृत्य तथा गायन प्रतियोगिता भव्य रूपमा आयोजना हुने बताइएको छ।




Share it on -

खस जनजाति सङ्घ दार्जीलिङ महकुमा समितिको सभा: आरके ठकुरी सम्बर्द्धित



                            (सभाको फोटो )

संवाददाता, सजन शर्मा

सुकेपोखरी, 6 अगस्त: खस जनजाति सङ्घ दार्जीलिङ महकुमा समितिको सभा एवं सम्वर्द्धना कार्यक्रम सुकेपोखरी रङ्गशाला भवनमा कमल छेत्रीको अध्यक्षतामा भयो । खस सांस्कृतिक विकाश बोर्डका चेयरमेन अन्ते सन्यासीको प्रमुख आतिथ्यमा सम्पन्न सभालाई राज ठकुरीले सञ्चालन गरेका थिए। नन्दराम छेत्रीको स्वागत भाषणपछि शुरू भएको कार्यक्रमका विशिष्ठ अतिथिहरूमा केन्द्रिय अध्यक्ष हरीकुमार बस्नेत, आरके ठकुरी, उपाध्यक्ष अनिल घिमिरे, सहसचिव रबिन्द्र ठकुरी, प्रवक्ता सागराज छेत्री, कालेबुङ जिल्ला सहसचिव निजेश छेत्री, दार्जीलिङ महकुमा समिति पूर्व अध्यक्ष धिरेन कटुवाल, अध्यक्ष सुरेन छेत्री, खरसाङ महकुमा समितिका एलबी खड़का, केशर छेत्री, दीपक घिमिरे, बोर्ड सदस्य वन्दना छेत्री, शरद छेत्री आदिको विशेष उपस्थिति थियो ।

नन्दराम छेत्रीको स्वागत भाषणपछि शुरू भएको सभालाई सम्बोधन गर्दै रबिन्द्र ठकुरीले सङ्गठनले गर्दै आएको कार्यक्रममाथि प्रकाश पारे। तिनले ओबिसिको सुविधा र सहुलियतबारे पनि अवगत गराए । दीपक छेत्री र अनिल घिमिरेले महत्वपूर्ण सुझाव राख्दै सम्पूर्ण खसहरूलाई एकवद्ध हुने अपील गरे ।सागरराज छेत्रीले खसहरूको ऐतिहासिक पक्षहरू प्रस्तुत गर्दै तिनले संसदमा एससी र एसटीबारे वार्ता भइरहेको बताए ।

बोर्ड चेयरमेन अन्ते सन्यासीले जातिको उत्थान र सर्वाङ्गीन विकाशको निम्ति बोर्ड गठन गरिएको उल्लेख गरे। क्रमिक रूपमा सम्पूर्ण खसहरूको विकाश बोर्डमार्फत् सम्भव रहेको तिनले जनाए। यसैबिच केन्द्रिय अध्यक्ष आरके ठकुरीलाई जातिको उत्थानमा उनले दिएको योगदानको सम्मान गर्दै दोसल्ला ओड़ाएर सम्वर्द्धना जनाइएको प्रवक्ता अजय मिलन बस्नेतले जानकारी दिएका छन् ।

Share it on -

गोर्खा जनमुक्ति मोर्चा पोख्रेबुङ चामोङ समष्टिको सभा सम्पन्न



संवाददाता, सजन शर्मा

सुकेपोखरी, 6 अगस्त: गोर्खा जनमुक्ति मोर्चा पोख्रेबुङ चामोङ समष्टि तथा अप्पर समरीपानी शाखाको संयुक्त तत्वाधानमा सभा तथा सम्वर्द्धना कार्यक्रम शाखा अध्यक्ष अनुप बराइलीको अध्यक्षतामा सम्पन्न भएको छ । मोर्चा केन्द्रिय सहसचिव एवं पर्जा पट्टा को-अर्डिनेटर ज्योतिकुमार राईको विशेष उपस्थितिमा सम्पन्न सभालाई शाखा सचिव अनिल राईले सञ्चालन गरेका थिए। कार्यक्रममा जेलमुक्त बनेका समरीपानी अप्पर शाखाका आन्दोलनकारी विलास भारती, नरेन्द्र छेत्री, अमित राई, सञ्जिव तामाङ र दिपेन थापालाई खदामाला लगाएर दोसल्ला ओढाउँदै सम्वर्द्धना गरियो ।
सभालाई ज्योति कुमार राई, समष्टि अध्यक्ष सुदेश राई, सचिव एमबी स्याङबो, नारी मोर्चा समष्टि सचिवा वसन्ती कटुवाल, समाजसेवी एवं पूर्व प्रबन्धक जेएम राई आदिले सम्बोधन गरे ।समरीपानी तल्लो शाखापदाधिकारी एवं अन्यको उपस्थिति रहेको सभामा जेएम राईलाई समरीपानी पर्जा पट्टा समिति संयोजक चयन गरियो । यसैबिच फोर बाई फोर फूटबल टुर्नामेण्टको पनि उद्घाटन गरियो । टुर्नामेण्टको पहिलो म्याच साङ्गेटार बनाम साङमामाझ भीड़न्त भएको थियो जसमा साङमा विजयी बनेको जानकारी प्राप्त भएको छ ।

Share it on -

पश्चिम बङ्गाल सरकारले गोर्खामाथि घृणित राजनीति गरेको छ : गोजटेम



संवाददाता, बिपल घले
रम्फु, 5 अगस्त : गोर्खाल्यान्ड जनान्दोलन टेवा मञ्चको एक साप्ताहिक सभा आइतबार मञ्चकै ज्येष्ठ व्यक्तित्व श्री चन्दन गुरुङको अध्यक्षतामा सम्पन्न भयो । गोर्खाल्यान्डको संवैधानिक मागलाई टेवा पुर्‍याउने उद्देश्यले 24 जुन 2017-मा गठित मञ्चले गोर्खाल्यान्ड बिषयलाई केन्द्रमा राखेर सभा तथा कार्यक्रमहरू गर्दै आइरहेको छ । आइतबार भएको सभामा
विविध बिषयहरूमा चर्चा परिचर्चा गरिएको छ ।

गोर्खाल्यान्ड आन्दोलनलाई ईमानदारसित तार्किक र बौद्धिक तौरमा कुनै पनि राजनीतिक पार्टी वा गैरराजनीतिक संस्थाले अघि बढाउँदै लगेको खण्डमा गोजटेमले आफ्नो बुताले भ्याएसम्म टेवा पुर्‍याउने काम गर्दै लाने उद्देश्य राखेको हुँदा बिगत केही समय यता सक्रिय रूपमा गोर्खाको अस्मिता र चिह्नारीको निम्ति राष्ट्रिय स्तरमा काम गरिरहेका गैरराजनीतिक संस्था एनजिसी अनि जिएसएसएसका क्रियाकलापमाथि पनि आइतबारको सभामा चर्चा गरियो। यसैगरी बौद्धिकहरू सम्मीलित भई गठन भएको एनजिसिद्वारा हालसालै गोर्खाल्यान्ड सम्बन्धि प्रकाशित पुस्तक ‘दि स्टोरी अफ गोर्खाल्यान्ड (The story of Gorkhaland) ‘ गोर्खाल्यान्ड मुद्दाबारे अवगत र शिक्षित बनाउन उपयोगी पुस्तक रहेको पनि निर्णय गरियो। उक्त पुस्तक धेरै गोर्खा जनमानसमा पुर्‍याउन हेतु गोजटेमले काम गर्ने पनि सभामा निर्णय लिएको छ।

एनजिसिका अध्यक्षमा पत्राचार गरी १०००० प्रति पुनःर्मुद्रण गरी गोजटेमले ग्राउन्ड लेबलमा पनि सो पुस्तक पुर्‍याउने आइतबार बसेको सभामा निर्णय गरिएको छ। सभामा आसाममा लागु गरिइँदै गरेको एनआरसि अर्थात् न्यासनल रेजिस्टर अफ सिटिजन माथी पनि चर्चा भयो।

एनआरसी देशको सार्वभौमिकता र सुरक्षाको निम्ति जरुरी पनि रहेको गोजटेमले ठानेको छ। घुसपैठ र अनुप्रेविशकारीहरूलाई देशबाट बिस्थापित गर्न र गैरकानुनी हिसाबमा देशमा छिर्न प्रतिबन्धित गर्न एनआरसी महत्त्वपूर्ण रहेको गोजटेम मान्दछ। आइतबारको सभा मार्फत गोर्खाल्यान्ड जनान्दोलन टेवा मञ्चले सम्पूर्ण गोर्खा सन्ताहरूमा यो सचेतनामूलक सन्देश पनि दिन चाहेका छन् कि पश्चिम बङ्गाल सरकारले विभिन्न माध्यमहरूद्वारा, अनेक प्रकारको षड्यन्त्र गरेर हामी गोर्खा जातिलाई हाम्रो आफ्नै भूमिबाट उच्छेद गर्न लागिपरेका छन् । हामी सिङ्गो गोर्खा जातिलाई सानो सानो कुराहरूको प्रलोभन देखाई जातजातमा टुक्राएर ‘डिभाइड एण्ड रूल’ पलिसी मार्फत हामीमाथि शासन र शोषण गरिरहेको छ।आफ्नै दाजुभाइमा पृथकतावादी भावना सृष्टि गराउने घृणित राजनीति बङ्गाल सरकारले हाम्रै केही दलालहरूको सहयोगमा गरिरहेको छ भन्दै गोजटेमले सम्पूर्ण गोर्खा सन्ताहरूमा संयमित र सचेत भइ सबै लागिपरेर हाम्रो आफ्नो चिह्नारी र अस्तित्वको लडाइँ फत्ते गर्नुपर्ने आव्हान गरेको छ।


Share it on -

नचुमेको क्षितिजभित्रका कविता चुम्दै गर्दा – कौशिला रिसाल


-कौशिला रिसाल


कवि दुर्गा तिवारीद्वारा लिखित नचुमेको क्षितिज कविता कृति मेरो हातमा परेको केहि समय भइसकेको छ । कृतिको घुम्टो खोलिएको लामो समयपछि यसभित्रका कविता चुम्दैछु । कविता सरसर्ती पढ्नु र पढेर ग्रहण गर्नुमा निकै फरक छ । पढेर ग्रहण गर्ने हिसाबले मैले यसलाई चुमिरहेकी छु । पुस्तकभित्र लामा छोटा, विभिन्न स्वादका गिती र गद्य मिश्रित ७४ वटा कविता सङ्कलित छन् । रमेश पौडेलको आवरण कला निकै सुन्दर देखिन्छ ।

कविताको महत्वपूर्ण पक्ष लय हो । लयले कवितालाई श्रुति मधुर बनाउँछ । तिवारीका कविता सुन्दर लयमा उनिएका छन् । कृतिभित्रका अधिकांश कविताले उनका वाल्यकालका स्मृतिलाई यादगर तुल्याएका छन् । किशोर उमेरमा आउने विपरीत लिङ्गप्रतिको आकर्षणको पर्यायवाची अर्थात् शालीन शब्द प्रेम उनका कवितामा जीवन्त बनेर आएका छन् ।

उनका कविता पढ्ने जो कोही पाठकले आफ्ना विगतका स्मृतिका पाना पल्टिरहेको अनुभूत गर्छन् । मायामा बुर्कुसी मारिरहेका हुन्छन् । प्रेमको निश्वास लिइरहका हुन्छन् । कविताका प्रेमिल विषयवस्तुभित्र आफूलाई समाहित गरिरहेका हुन्छन् । कविताका प्रत्येक अनुच्छेदले तिनलाई तानिरहको हुन्छ । आफूलाई पोखरावासी भनेर गर्व गर्ने उनका कवितामा पोखराको सेरोफेरो अटाएको छ । कास्कीका प्रकृतिले फन्को मारेका छन् । परिवेशको केन्द्र पोखरा बन्नुका साथै अन्नपूर्ण माछापुच्छ«े, फेवा, रूपा र वेगनासले कविताको प्राण भरेका छन् ।

सङ्ग्रहको पहिलो कविताको शीर्षक ‘सरस्वती ज्ञान देऊ’ रहेको छ । सरस्वतीलाई ज्ञानको माता भन्दै आफूभित्र भएको अज्ञान हटाउन आग्रह गरिएको यो कविता लयात्मकताका दृष्टिले सुन्दर छ । प्रेमको विषयमा केन्द्रित दोस्रो कविताको शीर्षक हो, ‘तिम्रै साथ खोजेकी थिएँ ’ ।

प्रिय !

हराउनेछ तिम्रो उन्माद र हाँसो

अनि खुसी हराउनेछ तिम्रो त्यतिबेला

तिमी फेरि एकफेर

मेरो सरलतालाई हेरिरहनेछौ

बल्ल बोध हुनेछ तिमीलाई त्यतिबेला

मेरो निश्वार्थ मायाको

अनि मेरो साथको

प्रिय ! मेरो साथको ।

मायावी संसारमा हराएकी कविले पश्चताप र वियोगात्मक भाव अभिव्यक्त गरेपनि अन्तिममा प्रेमी फर्केर आउने आशावादी स्वर मुखरित गरेकी छन् । त्यस्तै ‘कस्तो मात’ र ‘स्मृतिका पानामा’ कवितामा पनि विगतकै प्रेमिल स्मरण अटाएका छन् ।

बाबु !

खुला गगनले तिमीलाई

मलाई नओढ भनेको छैन

तिमी निर्बाध भै ओढ गगनलाई

अनि निश्चित भै सुत मेरो काखमा

तिम्री आमा कि आमा

म धर्ती आमा छँदै छु नि

बाबु ! तिमी मेरै हौ ।

यस कवितामा कवि विशाल धर्तीमाता भएर उभिएकी छन् । सडकमा छोडिन विवश सन्तानका निम्ति यो निकै संवेदनशील कविता हो ।

यस सङ्ग्रहभित्रका अधिकांश कवितामा श्रृङ्गारिक अभिव्यक्ति दिनमा दुर्गा तिवारी खप्पिस देखिन्छिन् । प्रायः उनका गीति कविता प्रेमिल भावका नै छन् । ‘मेरी गाउँकी एउटी परी’ शीर्षकको कविताले प्रकृति जस्तै निर्मल मनकी धनी नेपाली नारीको प्रतिनिधित्व गरेको छ । ‘जानेकी छु ’ शीर्षक दिइएको कवितामा आफूमा छलकपटरहित स्वभाव भएको र आफ्नै स्वाभिमानले बाँच्न सिकाएको भाव अभिव्यक्त गरिएको छ ।

‘विगतप्रति’ कविताले विगतका कतिपय पलहरू यादगर हुन्छन् भन्ने संकेत गरेको छ । ‘अँजुलीका खुसी’ गीति कविता असाध्यै मार्मिक छ । आफूले जीवनमा खुसी चुम्न नसकेको अनुभूति यस कवितामा आएको छ । ‘हाम्रो सहर’ शीर्षकको कवितामा कविमा सहरप्रतिको वितृष्णा देखिन्छ । सहरको रुखोपनमा कविको मन कत्ति पनि रमाउन सकेको छैन । यही कविताको भावसँग मिल्दो जुल्दो कविता ‘ठूली’ र ‘म कसरी लेखूँ र कविता ?’ शीर्षकका कविता पनि हुन् । यी कवितामा सहरको जीवन वेसाहारा मायाबिहीन हुदै गएको, स्वार्थपन बढ्दै गएको भाव व्यक्तिएको पाइन्छ । त्यस्तै मान्छे सहरीया परिवेशमा विलिन हुँदै आफ्नो अस्तित्व गुमाइरहेका छन् भन्ने भाव प्रस्तुत गर्न खोजिएको छ । यहाँ कविले सङ्घर्षलाई पछारेर सुखको मैदान उक्लने अभिलासा लिएकी छन् । कविको मातृहृदय निकै आशावादी देखिन्छ ।

सङ्ग्रहभित्र कवि कतै आमा बनेर पग्लेकी छिन् । कतै छोरा बनेर दरिएकी छिन् । कतै बाबुलाई सम्बोधन गर्न पुगेकी छिन् त कतै आमालाई कवितामा उतारेकी छन् । उनका ३÷४ वटा कविता सन्तानप्रति समर्पित रहेका छन् । विषयगत विविधता मात्र होइन कविमा आफू विभिन्न पात्रको भूमिकामा रहेर मञ्चन गर्ने रङ्गकर्मीको क्षमता पनि अब्बल देखिन्छ ।

विषयगत विविधतालाई केलाउँदै जादा दुर्गाका कविताले नछोएको कुनै विषय नै छैन । मातृत्व, देशप्रेम, मानिसका स्वतन्त्रता, मानवता आदि आदि । यस्तै विषयगत विविधताका दृष्टिले ‘सार्थकताको खोजीमा नारीदिवस’ शीर्षकको कविता अति संवेदनशील लाग्छ । सुन्दरीको गहना भिराएर नारीलाई प्रशंसा गर्ने यही समाज क्षणभरमा अनेकौँ लाञ्छनाका बिल्ला भिराउन पनि पछि हट्दैन भन्ने भाव यस कवितामा समेटिएको छ ।

समग्रमा जीवनको महत्वपूर्ण पाटो जीवन भोगाइ हो । जीवनका यिनै भोगाइका हर पक्षलाई सङ्ग्रहभित्रका कविताले बोलेका छन् । वर्तमानमा बाँचेको जीवनका अनुभूतिलाई एउटै डोरीमा उनेर नफुस्किने गरी गाँठो पार्नु एउटा शशक्त कविको खुबी हो । भाषिक सरलता र सरसता उनका कविताका पहिचान हुन् ।

कृतिभित्र गद्य र गिती दुबै कवितालाई छासमिस गरिएको छ । एउटाको अभाव वा स्वाद अर्काेले दिन नसक्ने हुँदा अभाव र पूर्तीका हिसाबले छुट्टा छुट्टै सङ्ग्रहमा प्रकाशन गरेको भए अझ राम्रो हुने थियो । कविताका कतिपय भाषा मानक नभई स्थानीय क्षेत्रमा प्रयोग गरिने भाषिकाको प्रयोग गरिएको हुँदा कतिपय पाठकलाई अथ्र्याउन कठिन हुने देखिन्छ । त्यस्तै काहीँकाहीँ सामान्य भाषिक कमजोरी देखिनु स्वभाविक हो । कविता

सङ्ग्रह अब्बल छ केहीलाई छोडेर अरु सबै कविता उत्कृष्ट छन् । कवि दुर्गालाई यति सानो समीक्षामा मात्र पढेर बुझिदैन । विविध विषयमा समेटिएको कविता कृतिको लामै समीक्षा लेख्नुपर्ने हुन्छ । छोटै भएपनि यस समीक्षाले कविको कवितालाई न्याय गर्ने नै छ । दुर्गा तिवारीको कविता कृतिले क्षितिज चुमोस् । शुभकामना !

साभार : शब्दपथ

Share it on -